'Space4K टेलिभिजन' भ्रष्टाचार विरुद्धको अभियान केन्द्रत स्याटेलाइट टिभी हो जुन इन्फोटेनमेन्ट विधा मार्फत् सक्रिय छ। हाम्रो उद्धेश्य भनेको देशको आर्थिक पारदर्शितालाई महत्व दिएर नीतिगत रुपमा तथा सामान्य रूपमा देखिएका हरेक भ्रष्टाचार विरुद्ध लड्न र नेपालको विकासमा योगदान पुर्याउनु हो। काठमाडौंको मध्य-बानेश्वरमा अवस्थित, हामी विस्तृत अनुसन्धानद्वारा पुष्टि गरिएका सही/वास्तविक समाचार र अन्य मनोरञ्जनका आकर्षक कार्यक्रमहरू सार्वजनिक गर्ने गर्दछौं।
हामी पुरानो तथा भ्रष्ट राजनीतिक शिक्षा र कर्मचारीतन्त्रमा मौलाएको चरम भ्रष्टाचारको उपस्थितिबाट उत्पन्न चुनौतिहरूलाई सवाल मात्र होइन समाधान गर्न चाहन्छौं, हामी नेपालको विकास यात्रामा एउटा उर्जावान प्रकाश थप्न प्रतिबद्ध छौं।
हाम्रो नियमित प्रसारणका विविध आयामहरुका साथ जोडिइरहनुहोस्, २४-घण्टा तालिकामा २५ वटा भन्दा बढी साप्ताहिक कार्यक्रमहरू तपाईंको मनोरन्जनको लागि सार्वजनिक भइसकेका छन्। देशका सातवटै प्रदेशहरूमा हाम्रो पूर्ण रूपमा सुसज्जित ब्यूरो र स्टुडियोहरू सहित, हामी देशभरबाट व्यापक कभरेज गर्नका लागि सक्षम छौं। ताजा समाचार, ट्रेन्डिङ बहसहरू, र रियालिटी शोहरू सहित हाम्रो मनमोहक सामग्री हाम्रो फेसबुक, ट्वीटर, इन्स्टाग्राम तथा 'लिंक ट्रि' मा समेत प्राप्त गर्नसक्नुहुनेछ। यदि तपाईको रुचि राजनीति, खेलकुद, मनोरञ्जन, स्वास्थ्य वा जीवनशैलीमा हो भने #space4ktv तपाइका लागि उपयोगी मेडिया प्लाटफर्म हो।
Contact Info
Mid Baneshwor ,Bagmati province,Kathmandu
+977-1-5917099
info@space4ktv.com
Week Days: 06:00 Sunday
to 20:00 Saturday: Closed
Space Sambadh कार्यक्रमको साथ देशको वर्तमान मामिलाहरूमा update रहनुहोस्। चाहे राजनीति होस्, वित्त, समसामयिक मुद्दाहरू, वा थप, हामी सान्दर्भिक विषयहरूमा विविध परिप्रेक्ष्यहरू प्रदान गर्ने लक्ष्य राख्छौं। खेम बम, सरोज कोइराला, सपना सिंह र रिमशा शिलाकोर जस्ता प्रस्तुतकर्ताहरूले यी विषयहरूमा गहिरो खोजी गरेर गम्भीरता थप्छन्। महत्त्वपूर्ण अन्तर्दृष्टिहरू पत्ता लगाउनुहोस् - स्पेस 4K टेलिभिजन हेर्नुहोस्!
Sign up for our newsletter
Stay up to update with our latest news and products.